१० भाद्र २०७७, बुधवार
दाङमा रासायनिक मलको कालोवजारी गर्ने तीन जना समातिएका छन । रासायनिक मलका बिक्रेताहरुले बढी मूल्यमा मल बिक्रि गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त टोलिले अनुगमन गर्दा तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ५ का सुनिल पोखरेल, वडा नम्बर ६ का राजकुमार गुप्ता र युबराज पाण्डे पक्राउ परेको प्रहरी नायब उपरिक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
उनीहरुले संचालन गरेको पसलबाट प्रति बोरा ७२१ पर्ने युरिया मल उपभोक्तालाई २४ सयका किक्रि गरेका थिए । कालो बजारी गरेकाले उनीहरुमाथि मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।