१० भाद्र २०७७, बुधवार
समुदायमा कोराना सक्रमण फैलिन नदिनको लागि पाल्पाको रामपुरमा कन्ट्रयाक ट्रेसिङ्गमा परेका र कोरोना नियन्त्रणको अग्रस्थानमा खटिने १ सय ३९ जनाको स्वाब संकलन गरिएको छ ।
रामपुर अस्पताल र नवदुर्गा माध्यमिक विद्यालय तिलकपुरबाट स्वाव संकलन गरिएको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख तिर्थ प्रसाद ढुंगानाले बताउनुभयो ।
केहि दिन अगाडि दुबइबाट आएका २४ बर्षेका एक युवामा कोरोना पोजेटिभ देखिएको थियो । रिपोर्ट नआउदै गाउघरमा डुल्ने छिमेकीको भोज भतेर समेत गएकाले ट्रेसिङ बढीको गर्नुपरेको परेका रामपुर अस्पतालका ल्याव टेक्निसिय यम बहादुर सिंजालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार