१० भाद्र २०७७, बुधवार
सिराहामा पनि फुड बैंकको शुरुवात भएको छ ।
लकडाउन र निशेषाज्ञाका कारण रोजीरोटी गुमेर छाक टार्न मुस्किल भएका परिवारलाई लक्षित गरी सिराहामा ‘फुड बैंक’ स्थापना    गरिएको छ ।
‘सिराहा युनाइट्स’ नामको गु्रपमा सहभागी युवाहरूको समूहले सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका विपन्न गरिब दैनिक ज्यालादारी परिवारलाई लक्षित गरी सदरमुकाम सिराहामा फुड बैंक स्थापना गरी खाद्यान्न संकलन र वितरण सुरु गरेको वताएका छन ।
(चाहि त लजाऊ, नै त द जाऊ) भन्ने नारासहित खाद्यान्न संकलन र वितरण सुरु गरेको ग्रुपका सदस्यहरुले वताएका छन ।

फेशवुक पेजवाट उनीहरुले यसरी आह्वान गरेका छन

 

हुनेले दिने, नहुनेले लिने

लकडाउनकाे समयमा छाक टार्न मुस्किल परेकाहरुकाे लागि २०७७/०५/१० गते बुधबारबाट सिरहा युनाईटसले सिरहा सदरमुकाममा फुड बैंक संचालन गर्दैछ ।
फुड बैंकमा चामल, तेल, नुन, दाल, साेयाबिन, भुजा(मुरही) र मास्क बितरण गर्ने याेजनामा हामी रहेका छाैं ।
खान पुग्नेले खान नपुग्नेलाई सहयाेग गरि यस बिपत्तिबाट मिलेर लडन युवा, व्यापारी, कर्मचारी, पेशाकर्मी र अामजनमानसमा अाह्वान गर्न चाहन्छौं ।
खाना नै नपाएर भाेकले मर्नु परेकाे समाचारहरु अाईरहेका छन । तपाईकाे सहयाेग कसैकाे घरकाे चुलाे बल्छ भने याे भन्दा ठुलाे कार्य अरु कुनै हुन सक्दैन भन्ने कुरामा हामी बिश्वस्त छाैं ।
तपाई अाफुले सक्ने जती चामल, नुन, तेल, साेयाबिन, दाल र मुरही दिएर यस कार्यमा सहयाेग गर्न सक्नु हुन्छ ।
बिगतमा अन्य कार्यक्रमहरु गर्दा हामीले अाफै पैसा संकलन गर्दै अाएकाे र यस कुशल कार्यकाे पनि थालनी हामी अाफनै पैसा बाट गर्न जादैछाैं तर यस कार्यलाई निरन्तरता दिन अाम सिरहालीकाे सहयाेग अनिवार्य छ ।

छाक टाराैं, काराेना संग मिलेर लडाैं

“हामीले नगरे कसले गर्ने”
थप जानकारीकाे लागि 9842850034, 9842835276,9815878931

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार