बाग्लुङ ९ भाद्र २०७७, मंगलवार

अविरल वर्षाका कारण पहिरोले घर पुरिंदा बाग्लुङ जिल्लाको ढोरपाटनमा एक किशोरीको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका­ २ अर्नाकमा घरमाथिबाट पहिरो खस्दा प्रकाश परियारको १९ वर्षीया छोरी पूजा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आज बिहान १ बजेको समयमा खसेको पहिराले घर पुरिँदा उनको मृत्यु भएको रेग्मीको भनाइ छ । प्रकाश परियारका दुई घर रहेको र एक घरमा परिवारका अन्य सदस्य सुतेको र मृतक पूजा अर्को  घर सुतेको अवस्थामा पहिरोले सोही घर पुरिएका कारण अन्य परिवारका सदस्यलाई केही नभएको हो । पहिरोका कारण घर पनि पूर्ण रुपमा क्षति भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर