सिन्धुली

९ भाद्र २०७७, मंगलवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका-८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताउनुभयो । पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आरोप लगाइएको मुद्दामा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर