९ भाद्र २०७७, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भदौ १३ गते गर्ने भएको छ । आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालय बैठक भदौ १३ गते गर्ने निर्णय गरेका हुन ।
नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो । सचिवालय बैठकपछि स्थायी कमिटीमा प्रतिवेदनमा छलफल गर्ने नेकपा एक नेताले जानकारी गराए ।