कालिकोट

९ भाद्र २०७७, मंगलवार
नरहरिनाथ गाउँपालिकाका बाढी पहिरो पिडितहरुलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाले राहत प्रदान गरेको छ ।
गत साउन १३ गते देखी आएको अविरल वर्षाका कारण बाढी पहिरोले ज्यान गुमाएका नरहरिनाथका १६ जनाका घरपरिवारहरु लगायत १ सय जना बाढी पहिरो बिस्तापितलाई राहत प्रदान गरिएको जनाईएको छ । प्रति परिवार ३० केजी चामल, २ केजी दाल, १ प्याकेट तेल र दैनिक उपभोग्यका सामानहरु वितरण गरिएको कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश बस्नेतले जानकारी दिए । कालिकोटको जितेबजारमा पहिरो पिडितहरुलाई राहत वितरणमा नरहरिनाथ गापा वडा न‌‍‍ ३ निवासी शिक्षक हिक्मत बिष्टको सहजिकरणमा राहतका सामग्रीहरु वितरण गरिएको शिक्षक बिष्णु बिष्टले जानकारी दिए । बिदेशमा रहेर पनि आफ्नो भूमिमा आईपरेको बिपत्तीलाई मलम पट्टी स्ववरुप राहत प्रदान गर्न आफूहरु कोरोनाका बाफजुत पनि सहयोग गर्न आफुहरु प्रतिवद्ध रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर