९ भाद्र २०७७, मंगलवार
सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानमा दार्चुलाका बाढी पिडित तथा कोभिड १९ बाट समस्या खेपि रहेका ५० घरपरिवारलाई खाद्यान्न तथा बिम्वल वाडियो । भाद्र ४ गते महाकाली नगरपालिका र नौगड गाउँपालिका, भाद्र ५ गते लेकम गाउँपालिका’ र भाद्र ८ गते मालिकार्जुन गाउँपालिकाका बाढि पहिरोको कारण बिस्तापित भएका परिवारलाई राहत वितरण गरिएको समाजका अध्यक्ष धन बहादुर बलायर जानकारी दिए ।
समाजका विभिन्न मुलुकका शाखाहरु कुबेत, कतार, डेनमार्क, युरोप, भारत, मकाउ, ईजरायल अमेरिका, मलेसिया, युएई, अस्ट्रेलिया, क्यानडा, पोर्चुगल, कोरिया, बहराइन,जापान,साउदी,अरबियावा सहयोग जुटेको थियो । विस्थापित तथा पिडित परिवारलाई खाधान्न साम्रागि तथा वन्दोवस्तीका सामानहरु वितरण गरिएको थियो । “सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत सहयोग जुटिरहेको प्रचार प्रसार विभाग प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए ।