९ भाद्र २०७७, मंगलवार

पोखरा महानगरमा थप ४  जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखरा महानगरका  ३ वटा वडाका ३ पुरुष र १ महिलामा  कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार मंगलबार बिहान  पोखरा महानगरको  वार्ड  नं. १३ का ३० – ३० वर्षका २ पुरुष, पोखरा -२८ का ३४ वर्षीय १ पुरुष र पोखरा – २९ की ३६ वर्षीया १  महिलामा कोरोना देखिएको हो ।

संक्रमितहरु मध्ये पोखरा -१३ का २ पुरुषहरु भारतबाट आएका रहेको र पोखरा -२८ र २९ का २ जना कन्ट्याक्ट ट्रेसिंङमा परेकाहरु रहेको निर्देशानालायले जनाएको छ ।

संक्रमितहरुलाई अहिले आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले बताएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९५  पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितहरु मधे स्वास्थ्य लाभ गर्नेको संख्या १ हजार ६ सय ३९ पुगेको निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ८ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर