
९ भाद्र २०७७, मंगलवार
रामचन्द्र नेपाल
मलेसियामा श्रम गर्न गएका करीव सत्र हजार नेपालीले नेपाल फर्कनको लागि नेपाली दुतवासमा आफनो विवरण टिपाएका छन ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरे सगै मलेसियामा रहेका नेपाली दुतावासले आफनो सुचनामा फर्कन चाहनेहरुको नाम लिष्ट र ठेगाना सार्वजनिक गरेको छ ।
दुतावासले प्रकाशित गरेको सुचनामा अगष्ट १९,२० र २१ गतेको टिकट लिईसकेकाहरुले आफनो टिकट लिएको टाभल्सहरुमा सम्पर्क गर्न अनुरोध गरिएको छ । यसैगरी नेपाल फर्कनको लागि कोरोना जाचँ गर्नुपर्ने र त्यसको रिपोर्ट नेगेटिभ हुनुपर्ने,रिपोर्टको अवधि नेपाल पुग्ने दिन सम्म सातदिनको हुनुपर्ने तथा यात्रा गर्दा केके प्रकृयाहरु पुरागनुपर्दछ भन्ने उल्लेख गरिएको छ ।
मलेसियावाट अगष्टको २८ तारिख नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तथा अगष्ट ३० तारिख नेपाल एयरलाइन्स,हिमालय एयरलाइन्स र मालिण्दो एयरलाइन्सले चार्टर उडान गर्दैछन ।
नाम लिस्ट हेर्न यहाँ क्लिक गर्नुहोस- elumbinipradesh.com