८ भाद्र २०७७, सोमवार

प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेश भित्रका प्रमुख जिल्ला अधिकारीहरुसंग भचुअल मिटिग गरेका छन ।
कोभिड १९ को संक्रमणको दोश्रो चक्र र शान्तिसुरक्षाको विषयमा केन्द्रीत रहेर महत्वपूर्ण छलफल भएको उनले जानकारी गराए ।
छलफल मुख्य गरेर भारत लगायत जिल्ला वाहिरवाट आउनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा वस्ने व्यवस्था पालिकास्तरमा मिलाउने, परिक्षणको दायरा वढाउने, भिडभाडहुने ठाउ र धेरै घुमफिर गर्ने व्यक्तिहरु पहिचानगरी नमुना परिक्षणलाई तिव्रता दिने,कोभिड १९ को व्यवस्थापनमा संलग्न सबैको समय समयमा परिक्षण गर्ने,कन्ट्र्याक ट्रेसिङको कामलाई उच्च प्राथमिकता दिने, छिटो रिजल्ट पाउनेगरी प्रयोशालासंग आवश्यक समन्वय गर्ने,भिटिएमको अभाव हुन नदिने र अभावभएमा जिल्ला स्वास्थले खरिदगर्ने व्यवस्था मिलाउने जस्ता विषयमा छलफल भएको छ ।
यसैगरी जिल्ला स्तरमा सबै संक्रमितलाई आइसोलेसनमा राख्नसक्नेगरी आइसोलेसन सेन्टरको व्यवस्था जिल्लास्तरिय सिसिएमसीले मिलाउने, व्यवस्थापन खर्च प्रदेशले उपलब्ध गराउने,एरियावन्दी,निशेधाज्ञा र वन्दावन्दीका सन्दर्भमा विशेष मापदण्ड बनाएर कार्यान्वयन गनेै विषयमा छलफल भएको उनले वताए ।
यसैगरी यातायात मात्र वन्द गर्दा हुने ठाउमा सोही अनुसार गर्ने,स्थानिय संचार माध्यमलाई उपयोगगरी जनचेतना फैलाउने,भय र त्रासको वातावरण सिर्जना हुन नदिने, स्वास्थ सुरक्षा मापदण्डको पालनामा जोड दिने तथा आवश्यकता अनुसार कडाइ समेत गर्ने छलफल भएको जानकारी गराए ।
यसैगरी स्वास्थकर्मी र सुरक्षा निकायको मनोवल उच्च बनाइराख्न आवश्यक ध्यान दिने, प्रोत्साहनभत्ता पाउनुपर्ने छुटेको भए प्रकृया अघि वढाउने,जनप्रतिनिधिहरुसंगको समन्वय र सहकार्यमा जोड दिने,सिमानाकावाट हुने आउजाउलाई नियन्त्रण गर्ने, दशैको समयमा वाहिरवाट आउनेहरुको व्यवस्थापनमा अहिले देखिनै ध्यान दिने ,आपुर्ति व्यवस्थालाई सहज बनाउने र बजार अनुगमनको कामलाई प्राथमिकतामा राख्ने ।आवश्यक स्वास्थ सुरक्षा सामाग्री, एम्वुलेन्स र सववाहनको व्यवस्था चुस्त र दुरुस्त बनाउने,लक्षण देखिएका विरामीलाई अनिवार्य रुपमा कोरोना विशेष अस्पतालमा पठाउने व्यवस्था मिलाउने,कोभिड १९संग सम्वन्धित अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउने,कोभिड १९ का सर्जिकल केसहरुलाई नेपालगंज मेडिकल कलेजमा पठाउने जस्ता विषमा छलफल केन्द्रित भएको उनले जानकारी गराए ।
यसैगरी सुरक्षा निकायले आफ्नै क्याम्प वा कार्यालयमा आइसोलेसनको व्यवस्था मिलाउने, विरामीको मनोवल उच्च राख्न विशेष ध्यान दिने।रोगप्रतिरोधी क्षमता वढाउन उचित खानपान र आहारविहरमा जोड दिने,व्यवस्थापनमा कुनै नयाँ समस्या देखिए प्रदेश सरकारलाई तत्काल जानकारी गराउने जस्ता विषयमा छलफल केन्द्रित भएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर