२५ श्रावन २०७८, सोमवार

यो वर्ष विदेश जाने भन्दा फर्कनेहरुको सख्या एकलाख दश हजार भन्दा धेरै रहेको छ ।
विदेशमा रोजगार वन्द हुनु र जान खोजेको देश र कम्पनीमा पनि जान नपाईरहको कारण यस्तो आकँडा आएको हो ।

अध्यागमन विभागका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा विदेशबाट स्वदेश फर्कने नेपालीको संख्या ४ लाख १४ हजार ४५० रहेको छ ।
सोही अवधिमा नेपालबाट ३ लाख ४ हजार १९९ जना नेपाली विदेश गएका छन् । एक वर्षमा विदेश जाने भन्दा फर्कनेका संख्या एक लाख १० हजार २५१ ले बढी रहेको छ ।

विभागका अनुसार उनीहरु गत आर्थिक वर्ष २०७७÷७८ मा नेपाल आएका हुन् । यस्तै नेपालमा एक वर्ष भित्र १७१ देशबाट ६८ हजार १८१ जना विदेशी नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट ७० हजार ३०८ जना विदेशी फर्केका छन् ।
सो अवधिमा भारतबाट ३२ हजार ६९२, अमेरिकाबाट ८ हजार ८७० चीनबाट ५ हजार ५६९, बेलायतबाट ३ हजार ६०,रुसबाट एकहजार २७६ र टर्कीबाट एकहजार १०९जना विदेशी नेपाल आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर