८ भाद्र २०७७, सोमवार
पाल्पामा भिरवाट लोटेर एक जनाको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिकाका वडा न ६ का २६ वर्षका कमल घर्तीको भिरवाट लोटेर मृत्यु भएको हो । ब आइतवार करिब ४ बजेको तिर जंगलमा बाख्रा चराउन गएको अबस्थामा भिरबाट लडी मृत्यु भएको वुझिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक कमलले मिर्गी सम्बन्धी औषधी सेवन गर्ने गरेको र भिरमा एक्कासी बेहोस भएर लडेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर