८ भाद्र २०७७, सोमवार
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खाद्यान्न, तरकारी, औषधीलगायत अत्यावश्यक पसल खोल्न पाईने छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केहि दिन अघिदेखि जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर