पर्सा, २०७७ भदौ ८ गते

 लागूऔषध गाँजा/चरेश मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ६७ वर्षीय नागेन्द्र प्रसाद कलवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०७२ माघ ४ गतेको फैसलाले उक्त मुद्दामा ५ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निजकै गाउँघरमा लुकिछिपि बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर