२१ श्रावन २०७८, बिहिवार
नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।
विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
त्यसअघि टेलिभिजनका वरिष्ठ अधिकारीहरुलाई बिहीबार बोलाएर उनले राजीनामा दिन लागेको बताएका थिए।
केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ति पाएका थिए









