८ भाद्र २०७७, सोमवार

खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ ।

खोप विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाबमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । रुसी खोप उत्पादकले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय समक्ष प्रस्ताव राखेको परिषद्का सदस्य सचिव  डा प्रदीप ज्ञवालीलेडा जानकारी दिनुभयो ।बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेकासँग विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालका अनुसन्धानकर्ता तथा चिकित्सकीय टोलीले वेबिनारमा खोपको परीक्षणबारे छलफल गरेको छ । अक्सफोर्ड विश्वविद्यालयले छिट्टै नै परीक्षणबारे अद्यावधिक जानकारी गराउने प्रतिबद्धता जनाएको छ ।

खोप उत्पादक कम्पनीले नेपाली स्वास्थ्यकर्मी, विज्ञसँगको समन्वयमा गरेको परीक्षण सफल भए नेपालले खोप पाउन सहज हुने विश्वास गरिएको छ । परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेनेलिया पनि इच्छा देखाएको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर