७ भाद्र २०७७, आइतवार
सुनसरीमा निषेधित क्षेत्रको अवधि थप गरेर १४ भदौसम्म पुऱ्याइएको छ । जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले १४ भदौको राति १२ बजेसम्मका लागि निषेधित क्षेत्र लम्ब्याउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन प्रशासनले तेस्रोपटक निषेधित क्षेत्रको अवधि बढाउँदै सबैलाई निषेधित क्षेत्रको पालना गरी सुरक्षित हुने आह्वान गरेको छ । सुनसरीमा कोरोना संक्रमितहरूको संख्या दिनदिनै बढ्दै गएपछि स्थानीय तहले पनि लकडाउनलाई निरन्तरता दिएका छन् । धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, त्रराहक्षेत्र नगरपालिकालगायतले लकडाउन कायमै राखेका छन् ।