७ भाद्र २०७७, आइतवार

रुपन्देहीमा जारी रहेको निषेधाज्ञा भदौ १४ गतेसम्म जारी रहने भएको छ। जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले निधेषाज्ञा जारी राख्न सिफारिश गरेको हो।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थका अनुसार जिल्लास्तरीय समितिको बैठकको सो सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी गर्नेछ। यसअघि लगाइएको निषेधाज्ञा आज रातीदेखि सकिदैथियो।

प्रतिक्रिया

सम्बन्धित खवर