७ भाद्र २०७७, आइतवार

नायक पल शाह कालीकोट पुगेका छन् । बाढीपीडित परिवारको लागि राहत लिएर उनी कालीकोट पुगेका हुन । पल शाह प्रतिष्ठान, हाम्रो टिम नेपाल र सुर्खेतमा क्रियाशिल मोटे ग्याङ्ग नेपालको सक्रियतामा राहत सामाग्री वितरण गरिएको छ ।
कालीकोट नरहरीनाथ गाउँपालिकाकाका करीव ४० घर परिवारलाई खाद्यान्न, डस्ना, सिरक डसना, कम्मल, दाल, नुन, तेल, म्याट,खाद्यान्न सामाग्री वितरण गरेको छ ।
सामाजिक कार्यमा सक्रिय हुन थालेपछि पलले ‘पल शाह प्रतिष्ठान’ स्थापना गरेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर