
२०७८ श्रावण १३, बुधबार
शान्तिपुरबाट तम्घास आउदै गरेको जीप दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शान्तिपुरवाट सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४५५९ नम्बरको मुसिकोट नगरपालिका–४ दोभानेमा दुर्घटना भएको हो । प्रहरीहरु केहि समय अगाडि मात्रै पुगेका छन । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।मृतक एक महिलाको सनाखत हुन बाँकी रहेको गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए
दुर्घटनास्थलमा स्थानियहरु समेत उद्धारको लागि पुगेका छन ।
जीप सडकवाट करीव ५सय मिटर तल खसेको छ ।
जीपका एघार जना यात्रु रहेको यात्रुहरुले वताएका छन । घाइतेलाइ जिल्ला अस्पताल तर्फ लगिदै छ । यद्यपि मृतकहरुको भने पुष्टि हुन बाँकी रहेको छ।