१३ श्रावन २०७८, बुधवार

सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज विदा आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ।

आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ

काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर पायक पर्ने तथा माइती–ससुराली क्षेत्रमा भ्रमणको क्षेत्र रोज्न नपाउने निर्देशिकामा उल्लेख छ।

निर्देशिकाले कर्मचारीले काज सुविधासँगै भ्रमण स्वीकृति र १० दिन बराबरको तलव सुविधा समेत प्रदान गर्ने जनाइएको छ।

सरकारले विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै चालु आर्थिक २०७८÷७९ को बजेटमार्फत १० दिनको कर्मचारी भ्रमण काज छुट्टी दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर