१२ श्रावन २०७८, मंगलवार

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टी एकताका लागि माधव नेपाल पक्षलाई अब धेरै कुर्न नसकिने बताउनुभएको छ । पाल्पाको तानसेनमा अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले एक साताभन्दा धेरै माधव नेपालहरुलाई कुर्न नसकिने बताउनुभयो ।

नेता ज्ञवालीले पार्टी एकताको छिनोफानो छिटो लगाउनुपर्नेमा जोड दिनुभयो ।

‘एक हप्ताभित्र पाटी एकताको टुङ्गो लागिसक्छ,  होइन भने माधव कमरेड लगायतलाई पार्टीमा आउन एकताको ढोका खुला राखेर अघि बढ्नुपर्छ, धेरै कुरेर बस्न सकिदैँन ।’

बरिष्ठ नेता नेपाल लगायतले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउँदा पनि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकतामा भूमिका खेलेको स्मरण गर्नुहुँदै उहाँले एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ लाग्ने जिकिर गर्नुभयो ।

उहाँले बरिष्ठ नेता नेपालले बिधि र पद्धतिको कुरा गरेपनि उहाँले नै सबैभन्दा बढी विधि र पद्धति उल्लङ्घन आरोप नेता ज्ञवालीले लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर