
१० श्रावन २०७८, आइतवार
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ र १३ का बासिन्दाले नियमित विद्युत् आपूर्ती नहुदा सास्ती भोग्य बाध्य हुनु परेको छ ।
वडा नम्बर १३ स्थित ओख्मा खोला लघु जलविद्युत् आयोजनाबाट अनियमित विद्युत् सेवा प्रवाह हुँदा स्थानीयले सास्ती खेप्नु परेको हो ।
६९ किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएको समयदेखि नै विद्युत् सेवा अनियमितताका कारण सास्ती बेहोरिरहेको वडावासिहरुले गुनासो गरेका छन ।
गाउँपालिकाका संम्वन्धित सवै निकायमा वडावासिहरुले समस्या समाधानको लागि पटक पटक निवेदन दिएपनि सुनुवाई नभएको वताएका छन । यो विधुत आयोजना पाँच वर्षअघि देखि सन्चालनमा आएको हो ।
वडा नम्बर १२ का वडाध्यक्ष गंगाबहादुर पुन मगरले विद्युत् नियमित गर्न छिट्टै स्थानीयसहित विद्युत् उपभोक्ता समितिसँग बैठक बसी समस्या समाधानतर्फ लाग्ने वताए ।