६ भाद्र २०७७, शनिवार

रुपन्देहीमा शनिबार १७ जना कोरोना संक्रमित थपिएका छन् ।संक्रमण भएकामध्ये १० जना बुटवल उपमहानगरपालिका, ४ जना सिद्धार्थनगर, २ जना मायादेवी र १ जना तिलोत्तमा नगरपालिका क्षेत्रका छन ।
नयाँ संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ३१ पुगेको छ, ३सय ४६ जना निको भएर घर फर्किसकेका छन । २ सय ८३ जनाको उपचार भैरहेको छ भने अहिलेसम्म २ जनाको मृत्यु भएको छ ।
जिल्लामा सवैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १५१ जना,  सिद्धार्थनगरमा ८९, तिलोत्तमा ७१, लुम्बिनी सांस्कृतिकमा ६१, सैनामैनामा ४४, सम्मरीमाईमा २८, गैडहवामा २७, कोटहीमाईमा २६, कञ्चनमा २५, देवदहमा २३, मायादेवीमा २१, सियारीमा १८, मर्चवारीमा १५, शुद्धोधनमा १६, रोहिणीमा ८, ओमसतियामा ७ र रुपन्देही बस्ने ठेगाना नखुलेको १ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर