९ श्रावन २०७८, शनिवार

नेपाल एअरलाइन्सका सिनियर क्याप्टेन विजय लामाले विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दु:ख, पीडा अरु कुनै पनि उडान गर्दा नहुने वताएका छन ।

आज मलेसियाबाट २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइपुर्याएपछि क्याप्टेन लामाले फेसबुकमा स्टाटस लेख्दै यस्तो उडान निकै पीडादयाक हुने उल्लेख उल्लेख गरेका छन ।

यस्तो छ लामाको स्टाटस

21th July मा एउटा शव
24th Julyमा २४ वटा शवहरु साथै ३ वटा अस्तिअहरु
एक हप्ता भित्र😞😞😞 मलेसिया बाट ३७ वटा शवहरु, तिनवटा अस्ति र अझै अर्को १८ वटा ल्याउनुनै छ बाकी!!!
मनमा धेरै दुख लाग्दा लाग्दै पनि बाध्य छौ ल्याउनलाइ। देशको स्थितिनै यस्तै छ! धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो?
मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा COVID-19 बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामिले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे!!!
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।
तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ!
अब पनि पुगेन देशलाइ बरबाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्न??? यति देखे पछि त केही गर्नु नि देश र जनताको लागि!!! आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र??
हार्दिक श्रद्धाञ्जली।
फोटो: क्याप्टेन विजयलामाको फेशवुकवाट

प्रतिक्रिया

सम्बन्धित खवर