६ भाद्र २०७७, शनिवार
पाल्पामा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिका १२ का २४ वर्षका युवामा कोरोना पोजेटिभ देखिएको हो ।

सक्रमण पुष्टि भएका युवा रोजगारीमा भारतमा कार्यरत रहेका थिए । उनी होम क्वारेन्टाइनमा वसेका थिए अव उनलाई आइसोलेशनमा राख्ने तयारी भइरहेको स्वास्थ कार्यालय पाल्पाले वताएको छ ।
पाल्पामा अहिलेसम्म ५ सय ६५ जनामा कोरोना देखिएको थियो उनीहरु मध्ये ५६४ जना भारत बाट आएका हुन् भने एक जना समुदाय स्तरको महिला रहको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनाको कारण पाल्पामा १ जनाको मृत्यू भएको छ भने ५६० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर