७ श्रावन २०७८, बिहिवार
वालिङका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् ।
नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन् ।
जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँड्नुभएका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताइन् ।
“यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भनिन्, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त होइछ, अनि फर्काएर लिएर आएका हौं ।”
घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चार जनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाइन् ।









