५ श्रावन २०७८, मंगलवार

पूर्वमन्त्री प्रभु साह नेतृत्वमा  मंगलबार‘आइटी आर्मी’नामक एउटा समूह गठन गरिएको छ। आइटी आर्मीका केन्द्रीय संयोजक चन्द भूषण साह छन्।

https://amzn.to/4myfPN5

भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा कार्यक्रम गरेर ‘आइटी आर्मी’ घोषणा गरिएको छ।

‘आइटी आर्मी’घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने चर्चा थियो। तर त्यहाँ अतिथिका रूपमा नेताहरु टोपबहादुर रायमाझी र लेखराज भट्टसहित उपस्थित थिए।

त्यस्तै  एमाले राष्ट्रियसभा संसदीय दलका नेता सुमन प्याकुरेल पनि कार्यक्रममा पुगेका छन्। नेता महेश बस्नेतले पनि आइटी आर्मी घोषणा कार्यक्रममा सहभागिता जनाए।

आइटी आर्मीको केन्द्रीय समितिमा १५१ सदस्य छन्। प्रदेश कमिटीहरू १०१ सदस्यीय, जिल्ला कमिटी ५१ सदस्यीय र पालिका कमिटी ३३ सदस्यीय बनाइएको छ। आइटी आर्मीको संरचनामा सङ्गठन, प्रशिक्षण, उत्पादन, प्रचार र इन्टेलिजेन्स विभागसमेत छ। आइटी आर्मीको घोषणापत्रमा सूचना प्रविधिलाई उत्पीडित जनताको पक्षमा प्रयोग गर्ने लक्ष राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर