इनरुवा । सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं.३ को बाटो अहिले हिल्याम्मै भएको छ । जसकारण स्थानीयहरु अहिले समस्यामा परेका छन । सुनसरी मालपोत कार्यलय अगाडिको उक्त बाटोमा ढल ब्यवस्थापन नहुँदा बाटोमा हिडने मानिसहरु लगायत स्थानीयहरुलाई समस्या परेका छन । स्थानीयहरुका अनुसार ढल ब्यवस्थापन नभएको कारणले नालाहरु जाम हुँदा बर्षा याममा पानी निस्कासन नभएको कारणले अहिले त्याहाको अवस्था दयनिय भएको छ । अहिले स्थानीयहरु मात्रै नभएर उक्त बाटो प्रयोेग गरेर मालपोत कार्यालय आउने सेवा ग्राहिहरु पनि समस्यामा परेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्थानीयहरुले पटक पटक समस्याको बारेमा वडा अध्यक्ष कालुराम गुरुङलाई जानकारी गराउदा उनले नसुनेको गुनासो गरेका छन । अहिले बाटोमा पानी जमेर हिलाम्य भएपछि बृद्ध बृद्धाहरुलाई सो बाटो हिडन समस्या परिरहेको छ । इनरुवा वडा नं. ३ का स्थानीयहरुले वडा अध्यक्ष कालुराम गुरुङले कमिशन आउने ठाउँमा मात्रै बाटो बनाउने विकास निर्माणका कार्यहरु गर्ने गरेको आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर