५ श्रावन २०७८, मंगलवार

सिन्धुली — लगातारको वर्षापछि चँदाहा खोलामा आएको बाढीले सिन्धुलीको तीन पाटन गाउँपालिका वडा नम्बर १ र २ जोड्ने निर्माणाधीन झोलुंगे पुल भत्काएको छ  ।

https://amzn.to/4myfPN5

वडाध्यक्ष गोविन्द राउतका अनुसार चँदाहाखोलाको बाढीले निर्माणाधप्न झोलुंगे पुलको एकातर्फको पहुँचमार्ग र पिल्लरहरु भत्काएको छ । पुल अड्याउन बनाएको खम्बाहरु बाढीले ढालेको र लठ्ठामा क्षति पुगेको राउतले बताए ।

चँदाहामा आएको बाढीले तीनपाटन फाँटको खेतसमेत कटान गरेको र सिक्रेको बस्तीसमेत जोखिममा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर