३ श्रावन २०७८, आइतवार

ओखलढुंगामा आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की ४ वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।

स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समीता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जलेर मरेका छन् ।

गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर