
३ श्रावन २०७८, आइतवार
बर्दियाको ठाकुरबाबास्थित एक सामुदायीक वनमा गोठाला गएका व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको छ।
ठाकुरबाबा-७ मोतिपुरका ७० वर्षीय गोरे थापा शनिबार भैँसी चराउन शिवपुरफाँटा सामुदायिक वनमा गए पनि साँझ घर नफर्किएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
आइतबार बिहान स्थानीय ओरही पुलभन्दा ५ सय मिटर तल थापाको शव फेला परेको प्रहरीले जनाएको छ।