३ श्रावन २०७८, आइतवार
बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको बलरा नगरपालिका–८ का २३ वर्षीय ललन महतो कतार जानको लागि एयरपोर्टमा पुगेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै समातिएका हुन ।
महतोले २०७७ भदौमा सर्लाही घर भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए ।
जिल्ला अदालत सर्लाहीबाट उनीविरुद्ध २०७७ भदौ १० मा पक्राउ पुर्जी जारी भएको थियो । त्यस यता उनी लुकि लुकि हिड्ने गरेका थिए ।