
३ श्रावन २०७८, आइतवार
देशैभरी सार्वजनिक यातायातको भाडा वढेको छ ।
भाडा २० देखि २८ प्रतिसतसम्म बढेको हो ।
हामिले यहाँ वुटवल,भैरहवा देखि कहाँजादा कति भाडा तिर्नुपर्छ प्रस्तुत गरेका छौ ।
बुटवलबाट काठमाडौँको भाडादर अब ६ सय ५१ रुपैया पुगेको छ पहिला ५ सय १९ रुपैया थियो ।
त्यसैगरी भैरहवाबाट काठमाडौँको लागि ७ सय ४ रुपैया पुगेको छ यस अघि ५ सय ६१ रुपैयाँ रहेको थियो ।
बुटवल – नेपालगञ्जको लागि ६सय३६, भैरहवा – नेपालगञ्जका लागि ६सय८७, पुगेको छ ।
बुटवल पोखराबाट को लागि ५सय०२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यसैगरी पोखरा भैरहवा सुनौलीको लागि ५सय ६६, बुटवल गुलरियाको लागि ६सय ६८, बुटवल-नारायणगढको लागि २सय ८४, बुटवल सुर्खेतको लागि ८९० र बुटवल- काकडभित्ता को १४७० रुपैयाँ भएको छ ।
त्यस्तै भैरहवा स्याङजा हुँदै बाग्लुङ सम्मको भाडा ७सय ९८, तम्घासबाट काठमाडौँ सम्मको भाडा १हजार ५४ र तानसेनबाट काठमाडौँ को लागि ७सय ७१ रुपैयाँ पुगेको छ ।