
५ भाद्र २०७७, शुक्रवार
पुर्वी नवलपरासीमा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई शुक्रबारदेखि सिल गरिएको छ । अस्पतालमा उपचारार्थ बिरामीमा संक्रमण देखिएपछि शिल गरिएको हो ।
बिरामीमा संक्रमण देखिएपछि अस्पतालमा सेवा दिइरहेका चिकित्सकसहित १० जना स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको अध्यक्ष गोपाल खनालले वताउनु भयो । स्वास्थ्यकर्मीहरुको आइतबार पीसीआर परीक्षण गरिने र त्यसपछि अस्पतालको सेवाबारे निर्णय गरिने अध्यक्ष खनालले बताए ।
अस्पतालका मेसु डा. सुनिलराज गौतमले प्रेस विज्ञप्ती जारी गरी भदौ २ गते भर्ना भएका ४० बर्षका पुरुषमा संक्रमण पुष्टि भएको उपचारमा संलग्न व्यक्तिहरुको स्वाव संकलन गरी रिर्पोट नआउदासम्मका लागि अस्पतालका संम्पूर्ण सेवा बन्द गरिएको जानकारी गराएका छन् ।
यसैबीच पूर्वी नवलपरासीमा एकै दिन २० जना कोरोना संक्रमित थपिएका छन् ।
विनयी त्रिवेणी गाउँपालिकाका १८ र गैंडाकोट र कावासोती नगरपालिकाका १÷१ जना रहेका छन । जिल्लामा हालसम्म ३ सय ८१ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।