
५ भाद्र २०७७, शुक्रवार
फिदिम नगरपालिका–७ की ३५ वर्षीया पुष्पा राईले फालेलुङ गाउँपालिका–७ की वडा सदस्य ४० वर्षीया उमा राईविरूद्ध दुर्र्यवहारको आरोपमा भदौ ४ गते प्रहरीमा उजुरी दिनु भएको छ ।
आरोपितले ०७७ जेठ ४ गते र साउन १५ गते अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पीडितले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको हो ।
आरोपितले आफू “जनप्रतिनिधि भएको र जतिबेला,जे सुकै गर्न सक्ने भन्दै धम्की दिएको” पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
आरोपितले जनप्रतिनिधि हुँ भन्दै आफू र पति विरूद्ध सार्वजनिक स्थलमा अपशब्द प्रयोग गरी गाली गर्दै ज्यान मार्ने धम्की दिएपछि न्यायका लागि उजुरी दिएको बताउनुभयो ।
पीडित पक्षको उजरीपछि आरोपितलाई कार्यालयमा झिकाएर दुवै पक्षबीच छलफल गराउने प्रयास भएपनि सो हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सिद्धराज न्यौपानेले बताउनु भयो ।