
३० आषाढ २०७८, बुधवार
ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले गाउँपालिकाको नाम परिवर्तन गर्ने भएको छ । नाम के राख्ने भन्ने विषयमा साझा सुझाव दिन ३ सदस्यीय कार्यदल तथा ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
वडा नम्बर ५ पेदाङका वडाध्यक्ष पूर्णसिंह मावो लिम्बूको संयोजकत्वमा गठित समितिमा कार्यपालिका सदस्य विमला साम्यु लिम्बू र तेल्लोक माध्यमिक विद्यालयका प्रधानाध्यापक रुकमान थेबे सदस्य रहेका छन् ।
गाउँपालिकाका प्रवक्ता लालकृष्ण चौहानका अनुसार भाषा तथा संस्कृतिविद्द्वय येहाङ ९धनप्रसाद० लावती ९फिदिम नगरपालिका वडा नम्बर ९ पाँचथर० र अर्जुन माबुहाङ ९लालीगुराँस नगरपालिका वडा नम्बर ३ तेह्रथुम० तथा प्राज्ञ तथा सह–प्राध्यापक अमर तुम्याहाङ ९सिरिजंगा वडा नम्बर ७ खेवाङ, ताप्लेजुङ० रहेको कार्यदल सल्लाहकार समिति गठन गरिएको छ ।३ असार २०७८ को गाउँसभा अधिवेशनको पहिलो बैठकबाट भएकोे निर्णयअनुसार कार्यदल गठन गरिएको गाउँपालिकाले जनाएको छ ।