५ भाद्र २०७७, शुक्रवार

शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ५४६ पुरुष र २ सय ९२ महिला सकंमित थपिएका छन् । शुक्रवार थपिएका सहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन् । हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ ।
विगत २४ घण्टामा ११ जनामा कोरोनाका संक्रमणको कारण मृत्यु भएको छ । हालसम्म १३७ जनाको कोरोना सक्रमणको कारण मृत्यु भैसकेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर