५ भाद्र २०७७, शुक्रवार
प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय एक बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरीको मृत्यु भएको हो ।
बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले उनलाई टोकेको थियो । घाईते गिरीलाई उपचारको लागि प्युठान अस्पताल विजुवार लगिएको थियो । उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर