रमेश भटटराई/विराटनगर

२९ आषाढ २०७८, मंगलवार

सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटन बदर गरेपछि त्यसको विरोधमा राष्ट्रिय युवा संघ नेपालले विराटनगरमा प्रदर्शन गरेका छन् ।
संविधानको धारा ७६९५० अन्तर्गत नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेशसहित सर्वोच्चले आदेश गरेपछि त्यसको विरोधमा एमाले निकट युवा संगठनले सडकमा प्रर्दशन गरिरहेका छन ।
यस्तै कैलालीको लम्किमा पनि दिउसो विरोध सभा हुने राष्टिय युवा संघले जनाएको छ । सर्वोच्च अदालतको आदेश लोकतन्त्र र संसदीय अभ्यास विपरित भएको भन्दै ठाउँ ठाउँमा विरोध सभा र प्रर्दशन हुन थालेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर