काठमाडौं, २०७७ भदौ ५ गते

    कैलाली, घोडाघोडी नगरपालिका-१० पहलमानपुरबाट १ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २० वर्षीय चक्र जयगढीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले शंका लागि चक्रको शरीर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
बाँके, खजुरा गाउँपालिका-८ रनियापुर बस्ने २१ वर्षीय मोहम्मद सफिक खानलाई करिब ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  नियापुरबाट खटिएको प्रहरीले खानलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर