
२८ आषाढ २०७८, सोमवार
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा बसबाट ओर्लने क्रममा लडेर घाईते भएका एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको को १ ख ७८२९ नम्बरको बसमा सवार ओखलढुंगा घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका २७ वर्षीय दीपेन कट्टेलको लडेर मृत्यु भएको हो ।
नरोकिएको र सडकमा गुडिरहेको अवस्थामा बसबाट हामफालेर ओर्लन खोज्दा लडेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।