५ भाद्र २०७७, शुक्रवार

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना आज एक जनाको मृत्यु भएको छ ।
प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु  भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी गराए ।
गौतम भारतबाट रोजगारी गरेर फर्किए पश्चात नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए । स्वाबको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा  थप ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो । मृतक गौतममा मधुमेह र उच्च रक्तचापका साथै निमोनिया समेत देखिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर