
२७ आषाढ २०७८, आइतवार
अविरल परेका वर्षा सगै पहिरो खसेको कारण सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डअवरुद्ध भएको छ । राजमार्गको हिउँदेखोला, झुम्सा, दोभानका विभिन्न स्थानका साथै सिद्धबाबा क्षेत्रमा पनि पहिरो खसेका छ ।
यसैगरी २४ माइल, झुम्सा नजिक, भूतखोला, ड्यामसाइड हेडबक्स कदमभीर लगायत स्थानमा पनि कतै सडक भासिएको छ भने कतै माथिवाट पहिरो खसरे वाटो ठाउँ ठाउँमा अवरुद्ध भएको छ ।
ठाउँठाउँमा पहिरो गएको कारण सवारी साधनहरु विच विच वाटैमा अलपत्र अवस्थामा रोकिएका छन । पहाडबाट तराई झर्ने सोझो राजमार्ग भएकाले झन्डै १२ जिल्लाका यात्रुले यही सडक प्रयोग गर्छन् । तर, यसै सडकमा यात्रा गर्दा दैनिकजसो कष्ट यात्रुले वेहोर्नु परिरहेको छ । वाटो खुलाउनको लागि प्रहरीले प्रयास गरेको भएपनि अविरल पानी परेको कारण समस्या देखिएको छ ।