५ भाद्र २०७७, शुक्रवार

रासस

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

उनको अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर