५ भाद्र २०७७, शुक्रवार
विहिवार वसेको मन्त्री परिषद वैठकले विदेशमा अलपत्र परेका नेपालीहरुलाई चार्टर तथा उद्धार उडान मार्फत नेपाल ल्याउने भएको छ । यसरी आएकाहरु एयरपोर्टवाट आउना साथ सात दिन सम्म होटल क्वारेटाइनमा वस्नुपर्ने भएको छ ,होटल क्वारेन्टाईनमा वसेपछि कोराना नरहेको पुष्टि भएपछि मात्रै घर फर्कन पाईने छ,होटलमा वस्दाको खर्च भने ब्यक्ति स्वयले ब्यहोर्नु पर्नेछ ।
कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्ने र यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ । विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै हुने मन्त्रीपरिषदले निर्णय गरेको छ ।
सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउनेहरु पनि नाकामा रहेका होटलमा सातैदिन क्वारेन्टाईनमा वस्नुपर्नेछ खर्च पनि स्वय ब्यक्तिले तिर्नुपर्ने र कोराना परिक्षण गरिसकेपछि मात्रै घर फर्कन पाउने छन । यसअघि होटल तथा टिकट सवै काटेर उडान समेत तोकिसकेर प्लेन समेत लिन गैसकेको अवस्थामा सरकारले अर्काे निर्णय गरेपछि एयरपोर्टवाटै नेपालीहरु पुन फर्कनुपरेको थियो । यस्तो निर्णय गरेर नेपालीमाथि गंभीर लापरवाहि गरेको भन्दै सरकारको निकै आलोचना भएको थियो ।