
२१ आषाढ २०७८, सोमवार
पाँचथरको याङवरक गाँउपालिका–४ स्थित काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना बालकलाई खोलाले बगाएको छ। आइतबार दिउँसो ६ जनाको समूहमा पौडी खेल्न गएकामध्ये दुई जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा सोही स्थानका १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन्।
घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको उद्धार टोलीले खोजतलास गरिरहेको छ।