
१८ आषाढ २०७८, शुक्रवार
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ भने दुई जनाको आईसियुमा उपचार भैरहेको छ ।
मुङ्केराको एमके ११ कण्डोमिनियमा कार्यरत रहेका १५ जना सेक्युरिटि गार्डहरुको कोराना परिक्षण गर्दा १४ जनामा पोजिटिभ देखिएको थियो ।
मृत्यु हुनेमा ईलाम घर भई भर्सटाईल प्रोटेक्सन एसडिएन बिएचडि मा सेक्युरिटि गार्डको रुपमा कार्यरत ४५ वर्षका प्रदिप वुढाथोकि रहेका छन । कोरानाको लक्षण देखिएपछि उनलाई क्वालालम्पुर अस्पतालमा उपचारको लागि लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
एघार जना नेपालीहरुको भने स्वास्थ अवस्था राम्रो रहेकाले कम्पनीको होस्टलमा आईसोलेशनमा वसिरहेका छन ।
मलेसियामा अहिले कारोना सक्रमणका विरामिहरु थपिएका छन ।
हाल सम्म ७ लाख ५८ हजार९सय ६७ जनामा कोरोना सक्रमण पुष्टि भएकोमा ६ लाख ८८ हजार २सय ६०जना निको भएका छन। ५हजार २सय ५४ जनाको मृत्यु भैसकेको छ जसमध्ये नेपालीको तथ्थाक भने अहिले सम्म सार्वजनिक भएको छैन ।