१७ आषाढ २०७८, बिहिवार

हेमन्तको हत्या आरोपमा प्युठानमा तीन युवा पक्राउ परेका छन ।

प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान हेमन्त भन्ने नरेन्द्र मृत अवस्थामा फेला परेका थिए भने उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

प्रहरीले हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
हत्या आरोपमा नेपानेका १७ वर्ष र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका १८ वर्षीय रेमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ।

घाइते बस्नेतको भैरहवास्थित मेडिकल अस्पतालमा उपचार भइरहेको छ।

हेमन्तका दाइ रविन्द्र पुन मगरका अनुसार अघिल्लो दिन उनीहरू आफ्नी दिदीको घर गएका थिए।

प्रहरीका अनुसार उनीहरू दिदीको घरबाट फर्किएपछि ढेब्रि पसलमा बसेर रक्सी खाएका थिए।

रक्सी खाएर घर फर्किने क्रममा बाटोमा आरोपित तीन किशोरहरूसँग भेट भएको थियो।

लअभिि ष्ल
त्यसैक्रममा अश्लिल शब्द प्रयोग गरी दुबै पक्षबीच गालीगलौज गरी विवाद भएको थियो।

विवादपछि रेमबहादुरले आफूलाई हेमन्तहरूले रिस उठाएको भन्दै तीनै जना मिलेर कुट्नपर्छ भनेका थिए।

हेमन्त र सुरेशलाई कुट्न भनी उनीहरू तीनै जनाले दाउरा लिएर कुरेर बसेका थिए। राति ९ बजे भेटेपछि कुटपिट गरेर भागेका थिए। भोलिपल्ट बिहान हेमन्त मृत फेला परेका हुन्। सुरेश अचेत भेटिएका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर